देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल औषधि उत्पादक सङ्घले भन्यो- औषधिको अभाव छैन, हल्लाको पछि नलाग्नू

देशान्तर


काठमाडौं-नेपाल औषधि उत्पादक संघले औषधि अभाव नभएको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
औषधिको अभाव हुन नदिन उद्योगीहरूले अहोरात्र काम गरिरहेको र स्वदेशमा बन्ने कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।
केही सञ्चार माध्यमले नेपालमा बन्ने प्यारासिटामोललगायतका उत्पादनहरू बजारमा अभाव भएको भन्ने समाचार आएको भन्दै सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
’अफवाहका कारण जनमानसमा डर पैदा भई बिरामी भए औषधि पनि खान पाइँदैन भन्ने सोचले आवश्यकभन्दा १० गुणा बढी घरघरमा पारासिटामोललगायतका औषधिको सञ्चय सुरू भएको छ’, संघले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’राज्यले आफ्ना उद्योगहरू र आफ्ना क्षमता बारेमा जनस्तरमा विश्वस्त पार्न नसकेको कारणले यो अवस्था सिर्जना भएको हो।’

विश्व बजारमा कच्चापदार्थको मूल्य अत्यधिक बढेको भए पनि उपलब्धता रहेको अवस्था भएकाले नआत्तिन संघले अनुरोध गरेको छ।

’हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौं। नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरूले पुस महिनामा करिब ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौं। माघ महिनाको दोस्रो सातामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौं।’