देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ल्याप्चे हान्ने सांसद’ बजारमा

देशान्तर

काठमाडौं । लेखक तथा साहित्यकार योगलाल गौतमले नयाँ पुस्तक ‘ल्याप्चे हान्ने सांसद’ बजारमा ल्याएका छन् । विभिन्न समयमा लेख्नुभएका ५२ वटा लेख संग्रृहीत यो लेख संग्रह १४४ पृष्ठको छ ।

२५औं लेखको रूपमा संग्रृहीत लेख पुस्तकको ७०औं पृष्ठमा पढ्न पाइन्छ । पुस्तकको प्रकाशक तथा वितरणको जिम्मा रत्नसागर प्रकाशन प्रालिले लिएको छ । ‘ल्याप्चे हान्ने सांसद’ लेख संग्रहको एउटा लेख हो । जस्को शीर्षकबाट पुस्तककै नामकरण गरिएको छ ।

रामेछापको एक विद्यालयमा अध्यापनमा सक्रिय गौतम लेखनमा उत्तिकै तल्लिन छन् । रामेछापको धारापानीमा जन्मेका उनले २०७० सालमा उपन्यास प्रेमको मलामी प्रकाशनमा ल्याएका थिए ।

त्यसपछि उनले रणभेरी (उपन्यास) २०७३, कर्णालीको चिहान (निबन्ध संग्रह) २०७४, ह्वाइट हाउसको टाई (निबन्ध संग्रह) २०७५, मान्छे बनाउने कारखाना (कविता संग्रह)२०७६, फूलको आत्मसर्मपण (उपन्यास) २०७६, टाउको भएका मुकुट्टाहरू (कविता संग्रह) २०७७ सार्वजनिक गरिसकेका छन् ।