देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे कोरोना नियन्त्रण गर्ने अर्को आदेश (आदेशसहित)

देशान्तर


काठमाडौँ-कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले पुनः २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो ।

गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षिक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ ।

सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगाएत २७ बुँदे निर्देशन जारी गरिएको हो ।