देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंका कुन-कुन १९ स्थानबाट ‘बुस्टर’ खोप लगाउन पाइन्छ ?

देशान्तर

काठमाडौं-स्वास्थ्य कार्यालय काठमाडौंले बिभिन्न १९ अस्पतालबाट कोरोनाविरुद्धको ’बुस्टर डोज’ खोप लगाउँने व्यवस्था गरेको जनाएको छ ।

कार्यालयले सोमबार एक सूचना जारी गरी जिल्लाका बिभिन्न १९ अस्पतालबाट कोरोनाविरुद्धको खोप तथा बुस्टर डोज लगाउन सकिने जनाएको हो ।

सरकारले अग्रपंक्तिमा काम गर्नेलाई सोबारबाट बुस्टर डोज दिन थालेको छ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ ।

यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।
यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिने सरकारको योजना छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टर डोजमा पनि त्यही खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।