देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दार्जिलिङका चर्चित गायक सुब्बाको निधन

देशान्तर

काठमाडौं – दार्जिलिङका चर्चित गायक कुमार सुब्बाको निधन भएको छ । शनिबार सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको निधन भएको हो ।

गम्भीर स्वास्थ्य अवस्था रहेका नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडी बस्दै आएका थिए ।

गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन सुब्बाले ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’, ‘ए फू चुँडेर लाने हो’ लगायतका कालजयी गीत गाएका छन् ।