देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वसन्त चौधरीका दुई पुस्तक लोकार्पण

देशान्तर


साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मंै’ काव्यसंग्रह र ‘तिमी बिनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ ।
मंगलार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो । काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सृजनशिलता नरोकिने बताए । उनले आफ्नो कवितासंग्रह ‘तिमीबिनाको म’ मा समाजमा भएका घटनाहरुको बारेमा चित्रण गरिएको बताए ।
साहित्यकार चौधरीले भने ‘मन नयाँ कुराहरु सोचेर कहिल्यै थाक्दैन । न त विश्राम नै लिन्छ । हामी वरिपरि जे परिघटनाहरु भइरहेको हुन्छन् । यिनै परिघटनालाई शब्दमा बोलेर अभिव्यक्त गरिरहेका हुन्छौँ । काव्यकृति तिमी बिनाको ममा केही गुमाएका र केही प्राप्त गरेका घटनाहरु श्रृंखलित रुपमा राखेको छु ।’


चौधरीको ‘तिमीबिनाको म’ कविता संग्रहमा लामा र छोटा गरेर ८५ वटा कवितासंग्रहहरु संग्रहीत छन् । कवितामा आत्मपरकताको उदाहरणीय प्रयोग गरिएको छ भने कविता अंग्रेजी भाषामा रहेको छ । त्यस्तै हिन्दी भाषामा रहेको काव्यसंग्रह अनेक पल और मैं मा उहाँले आफ्ना जीवनका चिन्तनहरुलाई समेटेका छन् ।