देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि ए डिभिजन लिगमा सातौं चरणका खेल हुँदै

देशान्तर

काठमाडौं – सहीद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौं चरणका खेलहरु हुँदैछन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी एफसी र एपीएफ एफसी भिड्नेछन् ।

विभागीय प्रतिष्ठा समेत जोडिएको यस खेल दिउँसो १ बजे सुरु हुनेछ । लिकामा शीर्ष तीनमा पर्ने योजनामा छ ।
उता एपीएफ पनि आर्मीलाई स्तब्ध पार्दै अंक तालिकामा सुधार गर्न चाहन्छ । एपीएफ ६ खेलबाट ५ अंकसहित ११औं स्थानमा छ ।

यो रेलिगेसन जोनभन्दा १ अंकले मात्र माथि छ ।आजै ४स्४५ बजे सुरु हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी ६ खेलबाट ७ अंक जोडेर आठौं स्थानमा छ । उता जारी लिगको एक मात्र जितविहिन टिम फ्रेण्ड्स भने जम्मा ३ अंक जोडेर पुछारमा छ र रेलिगेसन क्षेत्र ६ उम्किन संघर्ष गरिरहेको छ ।