देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी महाधिवेशन : प्रचण्डले आज जवाफ दिने

देशान्तर

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।

अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक र नेता देव गुरुङले पेश गरेको विधानको मस्यौदा माथि देशभरबाट सहभागी भएका महाधिवेशन प्रतिनिधिहरुले समूहगत छलफल गरेका थिए ।

समूहगत छलफल सकेर टोलि नेताले धारणा राखि सकेकाले आजको महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ । यसैगरी यो महाधिवेशनले नेतृत्व पनि चयन गर्ने छ ।

अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्का भए पनि पदाधिकारी बन्नका लागि नेताहरुले दौडधुप तीब्र पारेका छन् । माओवादीको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी माओवादीमा १५ सदस्यीय पदाधिकारी रहनेछन् । यसका लागि अहिलेसम्म दुई दर्जन नेताहरुले आकांक्षा राखेका छन् ।

निर्वाचनमार्फत नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिहरुले दबाब बढाए पनि माओवादी अध्यक्ष प्रचण्ड भने सर्वसम्मत प्रक्रियाबाट पदाधिकारी टुंग्याउने रणनीतिमा रहेको बुझिएको छ ।