देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय मेलमिलाप दिवसमा तरुण दलले देशभर कार्यक्रम गर्ने

देशान्तर

 

कठमाडौं-नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसका दिन देशभर वभिन्नि कार्यक्रम गरी मनाउने जनाएको छ ।
तरुण दलका अध्यक्ष जतिजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा पुस १६ गते एउटा स्वणर्मि र ऐतिहासिक दिन भएकाले देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाएको हो ।

“राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ ।

अध्यक्ष बस्नेतले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा नवनिर्वाचित गर्न देशभरका तरुण युवाको महत्वपूणर् भूमिका रहेको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।