देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सकियो

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।

प्रतिवेदनमाथिको छलफल सकिएपछि माओवादीको स्थायी कमिटी बैठक सुरु भएको छ ।स्थायी कमिटीका एक नेताका अनुसार बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि भनिएको पूरक वा फरक प्रस्तावलाई महाधिवेशनमा वाचन गर्न दिने कि नदिने भन्ने विषयमा छलफल हुनेछ ।

प्रचण्डको प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले २५ समूहमा छलफल गरेका थिए । त्यसपछि टोली नेताहरुले पालैसँग छलफलको निष्कर्ष सुनाएका थिए ।

समूहगत छलफल सकिएपछि अब बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । शुक्रबार अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेश गर्ने र त्यसपछि प्रचण्डले जवाफ दिनेछन् ।