देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप २४१ जनामा कोरोना संक्रमण पुष्टि, २२८ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – देशभर थप २४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा थप २२८ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल संक्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन्।

कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्।