देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलुका ७ बजेसम्म सर्लाहीको बयलबासमा बिहिबार पनि निषेधाज्ञा

देशान्तर

सर्लाही –सर्लाही ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास बजार क्षेत्रमा बिहिबार पनि निषेधाज्ञा लागू भएको छ ।

प्रहरीको जीपको ठक्करबाट एक जनाको ज्यान गएको विषयमा तनाव बढे पछि थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो ।

गएको आइतवार राति गस्तीमा हिँडेको प्रहरीको जीपको ठक्करबाट स्थानीय व्यापारी रामकुमार महतोको ज्यान गएपछि बजार क्षेत्र तनावपूर्ण बनेको छ ।

बयलबास बजार क्षेत्रमा अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो। स्थिति अझै सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासनले फेरि आज बेलुका ७ बजेसम्मका लागि बयलबास बजार र त्यसको आसपासका क्षेत्रमा कुनै पनि जुलुस, भेला जमघट हुन नपाउने गरी निषेधाज्ञा लागू गरेको हो ।

पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भए पनि पुनःप्रदर्शन हुनसक्ने भन्दै निषेधाज्ञा लागू गरेको स्थानीय प्रशासनले जनाएको हो।