देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको नेता लेखनाथ न्यौपानेको टिप्पणी

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १०बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् ।

‘तपाईंका प्रायस् सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिंदैन । सुनिन्छ त म, मेरो, मैले, प्रचण्डले मात्र’, उनले लेखेका छन् ।

नेकपा कालमा केपी ओलीलाई लेखेको पत्रमा म भन्ने शब्द ३४ पटक दोहोरिएको, तर हामी भन्ने एक ठाउँमा मात्र उल्लेख भएको स्मरण गराउँदै उनले भनेका छन्, ‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिष्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको बा प्रवृत्ति देखिएको छ ।’

प्रचण्ड आफैं उपस्थित भएको ठाउँमा लस्करै तस्वीर राख्न कसले निर्देशन दियो भनेर प्रश्न उठाएका छन् । नेता न्यौपानेले फरक मतमा लेखेका छन्, ‘कमरेड अध्यक्ष, त्यो ठाउँमा दिलबहादुर वा सुरेश वाग्ले अथवा शहीदहरुको तस्वीर राखेको भए हाम्रो संस्कृति कति सुसंगत हुन्थ्यो होला ?’