देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेलायतमा एकै दिन कोरोनाबाट १ लाख ८३ हजारभन्दा बढी कोरोना पुष्टि

देशान्तर

काठमाडौँ – बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा धेरै संक्रमित मंगलबार भेटिएका छन्।

बेलायतमा मंगलबार मात्र कम्तिमा पनि १ लाख ८३ हजार ३७ जना संक्रमित भेटिएका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार एकै दिन यतिधेरै संक्रमित भेटिएको यो पहिलो घटना हो।यसअघि पनि सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा संक्रमण भेटिएको बताइएको थियो। उनीहरूका अनुसार बेलायतमा मंगलबार कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ।

यसअघि सोमबार मात्र संक्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो। यसरी मंगलबार मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ। बेलायतमा अहिलेसम्म १ करोड २५ लाखभन्दा बढी मानिस संक्रमित भएका छन्।

बेलायतका स्वास्थ्य अधिकारीले अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट कम्तिमा पनि १ लाख ४८ हजारभन्दा बढीको ज्यान गएको बताएका छन्।

बेलायतमा पछिल्लो समय ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ। संक्रमण बढेपछि सरकारले कतिपय सार्वजनिक गतिविधिमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ।

पछिल्लो समयमा बेलायतमा ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्दो देखिएको छ।