देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वी इन्डोनेसियामा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प

देशान्तर

काठमाडौँ – इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा बिहीबार ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्प जाँदा सामान्य क्षति भएको देशको मौसम विज्ञान, जलवायु तथा भू–भौतिक निकाय ९बिएमकेजी० ले जनाएको छ।

बिएमकेजीले दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताए पनि भूकम्पले सुनामी नआएको बताएको छ।

स्थानीय समयअनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिणपश्चिमी मालुकु जिल्लाको टियाकुर शहरबाट १ सय ३२ किलोमिटर पूर्वमा र समुन्द्री सतहबाट १ सय ८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको बिएमकेजीको सुनामी केन्द्र बम्बाङ सेतियो प्रयित्नोले बिहीबार जनाएको छ।

एजेन्सीले ५ दशमलव २ म्याग्निच्युडका तीन वटा परकम्प रेकर्ड गरेको छ।