देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से परिसूचक २.६६ अंकले घट्यो

देशान्तर

काठमाडौं – सेयर बजारमा नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो।

आज नेप्से परिसूचक २.६६ अंकले घटेर २५ सय १८.९९ बिन्दुमा बन्द भएको छ। यसअघि सोमबार नेप्से ६९.७७ अंकले घटेर २५ सय २१ बिन्दुमा अडेको थियो। आइतबार पनि ७१.२० अंकले बढेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँमा खरिदबिक्री भयो।
सोमबार २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँमा किनबेच भएको थियो। यसदिन कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सेयर मूल्य बढ्दा सात समूहको सूचक ओरालो लागेको छ।

आज एउटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ। मध्य भोटेकोशी जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको २६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।