देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

देशान्तर

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले बढेर रु ९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।