देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मुल्यमा गिरावट प्रतितोला ४ सयले घट्यो

देशान्तर

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४ सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको छ ।

यस अघि मंगलबार सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्यमा वृद्धि आएको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैंयाँले बढेर १२४५ मा कारोबार भैरहेको महसंघले जनाएको छ ।