देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा सकारात्मक सर्किट ब्रेकपछि आधा घण्टालाई कारोबार बन्द

देशान्तर

काठमाडौं – दुई दिनमै १६८ अंकले घटेको सेयर बजार नेप्सेमा आज भने उत्साह देखिएको छ । मंगरबार सेयर कारोबार भएको पहिलो डेढ घण्टामै पहिलो सकारात्मक सर्किटब्रेक लागेको छ ।

नेप्से ५ प्रतिशतले बढ्दा वा घट्दा पहिलो पहिलो सर्किटब्रेक लागेर ३० मिनेटका लागि कारोबार बन्द गर्ने व्यवस्था रहेको छ । ३० मिनेटपश्चात कारोबार सुरू भएपछि थप १ प्रतिशतले नेप्से बढेमा आजको दिनको कारोबार बन्द हुनेछ ।

पहिलो सर्किटब्रेक हुँदासम्म बजार ११४.२५ अंकले बढेर २३९५.९३ अंकमा पुगेको छ । यसअवधिमा ३२ लाख ६४ हजार ३५८ कित्ता सेयर किनबेचबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।