देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७९.५७ अंकले घट्यो नेप्से

देशान्तर

काठमाडौं – साताको दोस्रो दिन नेप्से परिसूचक ७९.५७ अंकले घटेर २२ सय ८१ विन्‍दुमा अडेको छ।

कारोबारको अघिल्लो दिन अर्थात् आइतबार नेप्से ८८ अंकले घटेर २३ सय ६१ विन्दुमा बन्द भएको थियो। ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १२ अंक बढीले घटेर ४३७.५९ विन्दुमा झरेको छ।

यसदिन २२३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भयो। आइतबार २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँमा खरिदबिक्री भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा केही सुधार देखिएको छ।

१३ वटै समूहको परिसूचक ओ‌रालो लागेको छ।यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ६.५१ प्रतिशतले घटेको छ। निर्जीव विमा र डेभलपमेन्ट बैंकको ५ प्रतिशत बढीले सेयर मूल्य घट्दा लगानी,व्यापार, हाइड्रोपावर र लघुवित्त समूहको ४ प्रतिशतले बढीले मूल्य घटेको छ। बाँकी अन्य समूहको पनि सेयर मूल्य ओरालो लागेको छ।

यसदिन गुरास फाइनान्सको सेयर मूल्य ९.४७ प्रतिशत वृद्धि भयो। आठ कम्पनीको सेयर मूल्य १० प्रतिशत बराबरले घटेको छ। यसदिन नविल बैंक १८ करोड ३ लाख ५९ हजार ३०२ रुपैयाँमा सेयर खरिद बिक्री गरी शीर्ष स्थानमा रह्यो।

यस्तै १३ करोड ४१ लाख ८ हजार ३३० रुपैयाँमा सेयर खरिदबिक्री गरेर नेसनल हाइड्रो पावर कम्पनी दोस्रो स्थानमा रह्यो।