देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतकी हरनाज सन्धु मिस युनिभर्सको विजेता

देशान्तर

काठमाण्डौ– भारतकी हरनाज सन्धुले मिस युनिभर्स प्रतियोगिता जितेकी छिन् ।

यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

उनले पढाइ सँगसँगै मोडलिङलाई अगाडि बढाउँदै लगेकी छिन् । उनी अहिले डिग्रीको पढाइ पूरा गर्ने तयारीमा छिन् । मिस युनिभर्समा भाग लिनु पहिला उनले चलचित्रमा समेत काम गरेकी थिइन् । उनले अभिनय गरेको चलचित्र आउँदो वर्ष रिलिज हुने बीबीसी हिन्दीले जनाएको छ ।

यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।