देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युगाण्डामा आत्मघाती विस्फोटमा परी दुई प्रहरीको मृत्यु, ३० भन्दा बढी घाइते

देशान्तर

युगाण्डामा आत्मघाती विस्फोटमा परी दुई प्रहरीको मृत्यु, ३० भन्दा बढी घाइते

युगाण्डाको राजधानी कम्पालामा मंगलबार भएका दुई आत्मघाती बम विस्फोटमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन्।

यी विस्फोट तीन मिनेटको अन्तरालमा भएका थिए। मृत्यु हुनेमा दुई प्रहरी पनि छन्। पाँचजना गम्भीर घाइते भएको बताइएको छ।

विस्फोटका कारण मानिसका शरीरका टुक्रा छरपस्ट भएका थिए। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। अमाक समाचार एजेन्सीका अनुसार इस्लामिक स्टेट ९आईएस० समूहले आक्रमणको जिम्मेवारी लिएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका तीन आक्रमणकारीले संसद् र महानगरीय प्रहरी प्रधान कार्यालय नजिकै आत्मघाती हमला गरेका थिए।

अधिकारीहरूले सहरका अन्य भागमा थप बम फेला परेको बताएका छन्। प्रहरी प्रवक्ता फ्रेड अनंगाले आत्मघाती आक्रमणकारीबाट अझै खतरा कायम रहेको बताएका छन्।

प्रहरीले १ जना आक्रमणकारीलाई पक्राउ गरेको छ। उनका साथबाट विस्फोटक ज्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ। यी आक्रमणपछि संसद् कार्यालयका सम्पूर्ण कार्य बन्द गरिएको छ।

विस्फोटका कारण संसद् नजिकै पार्किङ गरेका सवारीसाधनमा आगजनी भएको छ। विस्फोटबाट प्रहरी मुख्यालय नजिकैको झ्यालका सिसा फुटेका छन्।