देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइजेरियामा पन्ध्र बन्दुकधारीको मृत्यु

देशान्तर

अबुजा – नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुधकारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

त्यसैगरी बन्दुकधारीहरुबाट अपहरमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो सङ्ख्या गत अक्टोबर २९ देखि गत बिहीबारम्मको हो ।

राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्रान्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गरे । सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् ।