देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुसमा २४ घन्टामा ३९ हजारभन्दा बढीमा संक्रमण

देशान्तर

मस्को – रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ ।

यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।