देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेन्नईमा भीषण वर्षा : स्कूल, कलेज र सरकारी कार्यालय बन्द

देशान्तर

काठमाडौं – भारतको चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित पारेको छ। चेन्नई लगायतका स्थानमा सोमबार पनि भारी वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

निरन्तरको वर्षापछि त्यहाँका विद्यालय र क्याम्पसहरु बन्द भएका छन्। सोमबार र मंगलबार चेन्नाई र त्यस पासपासका शैक्षिक संस्थाहरु बन्द हुनेछन्। चेन्नाइमा अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालयहरु सोमबार बन्द रहने टाइम्स अफ इन्डियामा खबर छ। भारतीय मौसम विभाले चेन्नईलगायत तमिलनाडु र त्यस आसपासका क्षेत्रमा सोमबार दिनभर भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

तामिलनाडु प्रान्तमा भारी वर्षा भएको छ। वर्षाका कारण डुबान भएपछि चार जिल्लाका विद्यालयहरू कम्तिमा दुई दिनका लागि बन्द गरिएका छन्।

मौसम पूर्वानुमान विभागले तामिलनाडुमा बंगालको खाँडीमा चक्रपात सञ्चारका कारण अझै भारी वर्षा हुने अनुमान गरेको छ। पछिल्लो समय जलवायु परिवर्तनसँगै विश्वको मौसममा असामान्य परिवर्तन हुने गरेको छ। हालसालै नेपालमा पनि बेमौसमी भारी वर्षाका कारण ठूलो धनजनको क्षति गरेको थियो।