देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेनेजुएलाको निर्वाचनमा संयुक्त राष्ट्रसंघले विज्ञहरू पठाउने

देशान्तर

न्युयोर्क — संयुक्त राष्ट्रसंघले भेनेजुएलामा हुन लागेको निर्वाचनका लागि विज्ञहरु पठाउने भएको छ । भेनेजुएलाको सो निर्वाचनमा निर्वाचन अधिकृत, विज्ञहरु पठाउन लागिएको हो । त्यहाँ आगामी महिना आम निर्वाचन हुन लागेको छ ।
सो निर्वाचनको प्रक्रियामा नै सहयोग गर्नका लागि उक्त निर्वाचन विज्ञहरुको टिम पठाउन लागिएको बताइएको हो ।निर्वाचनको निश्पक्षता र थप सहजताका लागि संयुक्त राष्ट्रसंघले विज्ञ पठाउन लागेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको प्रेस सचिवालयले सो जानकारी गराएको हो ।

सो निर्वाचनका लागि संयुक्त राष्ट्रसंघले प्राविधिक सहयोग पनि उपलब्ध गराएको छ । अन्य प्रक्रियागत सहायता गर्दै आएको राष्ट्रसंघले आगामी महिनाको सो निर्वाचनका लागि निर्वाचन विज्ञहरु नै पठाउन लागेको हो ।