देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको प्रथम साइबर सेक्युरिटी जर्नल प्रकाशन हुँदै

देशान्तर

काठमाडौं – साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन केन्द्र नेपाल (सीएसआरआई) र नेपाल कम्प्युटर इमर्जेन्सी रेस्पन्स टिम (एनपीसर्ट) को संयुक्त आयोजनामा नेपालकै प्रथम अन्तर्विषयक पियर रिभ्यू साइबर सेक्युरिटी जर्नल प्रकाशन हुने भएको छ ।

बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुविधासँगै थपिएका सांगठनिक, व्यवसायिक एवं राष्ट्रिय साइबर सुरक्षा चुनौतीहरुलाई अवसरमा बदल्न अनुसन्धानमार्फत नेपाललाई आवश्यक पर्ने साइबर सुरक्षा एवं प्रतिरक्षा नीति, जनशक्ति, प्रविधि, व्यवस्थापकीय तथा कानूनी ज्ञान आवश्यक रहेकाले जर्नल प्रकाशन गर्न लागिएको प्रधान सम्पादक डा।राजीब सुब्बाले बताए।

जर्नलको मुख्य उद्देस्य साइबर सेक्युरिटी एवं सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विज्ञ, जनशक्ति तथा विश्वविधालयका बिद्यार्थीहरुलाई आफ्नो कार्य वा शोधपत्र प्रकाशन गर्ने, विज्ञहरुको पृष्ठपोषण लिने र शोधपत्र प्रशारण गर्ने फोरम प्रदान गर्नु रहेको जानकारी उनले बताए।

जर्नलमा सूचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन, साइबर हाइजिन, साइबर सेक्यूरिटी रणनीति, साइबर डिफेन्स, साइबर कानुन, साइबर आपतकाली रेस्पन्स केन्द्र, डिजिटल फोरेन्सिक, संगठनिक एवं व्यापार निरन्तरता र विपद उद्धरण, आइओटि, ब्लकचेन, बिश्वका बिकसित मुलुकका अभ्यासहरु आदि सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आह्वान गरिएको छ ।