देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्स–रे सेवा’

देशान्तर

काठमाडौँ – टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘भिडियो एक्सरे सेवा’ सुरुआत गर्ने भएको छ । टोखा नगरपालिका–२ मा सञ्चालित उक्त केन्द्रले यही असोज २२ गतेदेखि प्रत्येक शुक्रबार सो सेवा सुरु गर्न लागेको हो ।

केन्द्रका प्रमुख डा एरिसा पौडेलले स्वास्थ्य संस्थामा स–शुल्क भिडियो एक्स–रे (युएसजी र अल्टासोनोग्राम) सेवा प्रदान गर्न लागेको जानकारी दिए ।स्वास्थ्य केन्द्रलाई वाग्मती प्रदेशले प्रादेशिक अस्पतालका रुपमा रुपान्तरण गर्नका लागि यसअघि नै निर्णय गरिसकेको छ । टोखाका ११ वटै वडामा स्वास्थ्य केन्द्र सञ्चालित छन् ।