देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संखुवासभा सामूहिक हत्याकाण्ड: अभियुक्तलाई थुनामा राख्न आदेश

देशान्तर

किमाथाङ्का – सङ्खुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत सङ्खुवासभाले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए ।

मादी नगरपालिका-१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताए । अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको उनले बताए।

गत भदौ २१ गते बिहान मादी-१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।