देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भवन भत्किँदा जाजरकोटमा ९ जना विद्यार्थी घाइते

देशान्तर

सुर्खेत– जाजरकोटमा विद्यालयको भवन भत्किँदा ९ जना विद्यार्थी घाइते भएका छन्। बारेकोट गाउँपालिका–२ लिम्साको वीरेन्द्र प्राथमिक विद्यालयको भवन भत्किँदा विद्यार्थी घाइते भएका हुन्। बालविकास कक्षा सञ्चालन हुँदै आएको विद्यालयमा आज(शक्रुबार) भवन भत्किएको थियो।

भवन भत्किएपछि भएको भागदौडमा हिम्मत सिंह, स्मृति शाही, दिप्सन नेपाली, विजया शाही, अतिथ नेपाली, अनिशा शाही लगायत ९ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जनाए। घाइते सबैको आधारभूत अस्पताल लिम्सामा उपचार भैरहेको छ।