देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा दोहोरो अंकको सुधार

देशान्तर

काठमाडौं – धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। आज बजार १२.९८ अंकले उकालो लागेर नेप्से परिसूचक २ हजार ७ सय ८२.११ को विन्दुमा उक्लिएको छ।

आज राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.४३ अंकले बढेर ५ सय २१ को विन्दु पुगेको छ। कारोबार रकम भने आज पाँच अर्ब रुपैयाँ बढीको मात्र भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ।

आज अन्य समूह सर्वाधिक २.५३ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह २.४३ प्रतिशतले बढेको आज विकास बैंक समूहमा ०।९९ प्रतिशत, जलविद्युत समूहमा २.२१ प्रतिशत, वित्त समूहमा ०.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०३ प्रतिशत र लगानी समूहमा ०.४ प्रतिशतको वृद्धि भएको छ।

आज होटेल तथा पर्यटन समूह सर्वाधिक १.१५ प्रतिशतले ओरालो लागेको छ। म्युचुअल फन्ड समूह ०.६९ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०.४२ प्रतिशत, व्यापार समूहमा ०.३१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८ प्रतिशत र जीवन बीमा समूहमा ०.५६ प्रतिशतको गिरावट आएको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २ सय २२ कम्पनीका ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँमा किनबेच भएका छन्।

आज नेसनल हाइड्रोपावरको सर्वाधिक २९ करोड १९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको २२ करोड ७५ लाख रुपैयाँबराबरको कारोबार भएको आज जीवन विकास लघुवित्तको १८ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै एनआईसी एसिया बैंकको १७ करोड २३ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ९९ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको १५ करोड २२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३२ लाख रुपैयाँ, अपी पावरको १३ करोड १४ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड ८७ लाख रुपैयाँ र आरएमडीसी लघुवित्तको ११ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज रिडी हाइड्रोपावरको सेयरधनीहरू मालामाल भए। यो कम्पनीको सेयर मुल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट नै लाग्यो। यसैगरी मनकामना स्मार्ट लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मुल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज एभरेस्ट इन्स्योरेन्सको संस्थापक सेयरको मुल्य सर्वाधिक ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।