देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ: अध्यक्ष नेपाल

देशान्तर

कञ्चनपुर – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिएका छन् । आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उनले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताए ।

स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हुँदा पार्टीपङ्क्ति बलियो हुने धारणा राखे ।

राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उनले बताए ।अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गरे । पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उनले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।