देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा अवरोध कायमै

देशान्तर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा आज पनि अवरोध कायमै राखेको छ । बैठक प्रारम्भ हुनासाथ सदाझैँ प्रतिपक्षी दल (एमाले)का सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको काम कारवाही अघि बढाउने काममा सहयोग गर्न पटक-पटक आग्रह गरेका थिए। उनले जलवायु परिवर्तनका कारण नेपालभर देखिएका असरहरु, जनजीविका र जनसरोकारका विषयवस्तु सदनमा प्रस्तुत हुन नसकेको भन्दै प्रतिपक्षी दल एमालेका सांसदलाई गम्भीर बन्न आग्रह गरेका थिए ।

उनले सदनको नियमित काम कारबाहीमा अवरोध हुँदा जनमानसमा समेत नकारात्मक दृष्टिकोण पैदाहुने हुँदा सदन सञ्चालन गर्न जोड दिए। एमालेले चालू अधिवेशन प्रारम्भ भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसद्मा अवरोध जारी राखेको छ । प्रतिनिधिसभाको नवौँ अधिवेशनमा हालसम्म १३ बैठक भएका छन् ।

प्रतिनिधिसभाको पछिल्लो बैठक गत असोज २५ गते बसेको थियो । असोज ९ गतेका लागि बैठक निर्धारण गरिएको भए पनि प्रतिपक्षी दल एमालेको आग्रहमा बैठक थप दुई दिन सारिएको थियो ।