देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूलोमात्रामा नक्कली नोटसहित एक जना पक्राउ

देशान्तर

जनकपुर– महोत्तरीमा नक्कली नोटसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन् ।

उनका अनुसार बुधबार साँझ नक्कली नोटसहित महतोलाई गौशाला बजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका महतो तरकारी व्यापारी रहेको प्रहरीले जनाएको छ।

महतोले गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले दिएको जानकारीपछि इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले नक्कली नोट कारोवारी महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्यालले जनाए।

उनका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा व्यापारी महतोको डेराबाट २ लाख ८० हजार ९ सय २९ रुपैयाको भारतीय नोट र नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैया बरामद समेत भएको छ। ती सबै नोट नक्कली रहेको प्रहरी निरीक्षक बस्यालले बताए।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।