देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै न्यायाधीशको राजीनामाको कुरा प्रणाली भत्काउने प्रवृत्तिको उपज : नेता नेपाल

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत स्माजवाद)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको न्यायालयको विवादको जड केपी ओली भएको आरोप लगाएका छन् ।

कैलालीको धनगढीमा पत्रकारहरुसँग अध्यक्ष नेपालले न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिएर ओलीले अझै रिस साँधिरहेको आरोप पनि लगाएका छन् । संसद पुनः स्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको पनि उनले प्रष्ट गरे ।

सबै कुरा ओलीले बिगारेको भन्दै उनले भने, ‘यो सबै कुरा केपी ओलीले बिगारेको हो । उहाँले स्वतन्त्र न्यायपालिकालाई अनावश्यक लान्छना लगाउने काम गर्दै आउनु भएको छ, त्यो उहाँको अत्यत्नै अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणलीलाई भत्काउने प्रवृत्तिको उपज हो ।’

परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीमाना गर्नुपर्छ भन्ने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेता नेपालले, ओलीको स्वभाव असहिष्णु, अलोकतान्त्रिक र जवजविरोधी भएको आरोप पनि लगाए । गठबन्धन दलहरुभित्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा वा अरु न्यायाधीशका बारेमा कुनै छलफल नभएको पनि उनले प्रष्ट गरे ।

प्रदेशमा जुन दल ठूलो छ उसैले नेतृत्व गर्ने गरी सहमति गरिएको जानकारी दिँदे उनले सुदूरपश्चिममा पनि सबैभन्दा ठूलो दल जो छ उसैको नेतृत्वमा सरकार बन्ने बताए । अर्ली इलेक्सन सम्भव नभएको र आउँदो निर्वाचनसम्म गठबन्धनबीच सहकार्य गरिने उनको भनाइ थियो ।