देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा भएको विरोध प्रदर्शनमा ४ सुरक्षाकर्मीको मृत्यु

देशान्तर

पाकिस्तानमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यहाँ भएको विरोध प्रदर्शनका क्रममा चार जना सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा ती सुरक्षाकर्मी मारिएका हुन् ।

घटनामा २६३ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीको र्‍याली सुरक्षाकर्मीले नियन्त्रणमा लिन खाजेपछि सो झाडप भएको बताइएको छ ।

सो ¥यालीले राजधानी इस्लामावादतर्फ जाथ थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेको पञ्जाव प्रहरीले जनाएको छ ।

आफ्ना नेता साद रिजबीलाई सरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा सो पार्टीले केही दिनदेखि लगातार विरोध प्रर्दशन गर्दै आएको छ ।

सुरक्षाकर्मीले रिजबीलाई गत अप्रिलमा नियन्त्रणमा लिएको थियो । पैगम्ब मुहम्मदको काटुर्न फ्रान्सको एक अखवारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो ।

यसअघि रिजवीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको र्‍यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको मृत्यु भएको बताएका थिए । तर प्रहरीले भने प्रदर्शनकारीको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ ।