देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पिअिसार परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ५०१ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५७ हजार ६१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।