देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुडानका प्रधानमन्त्री नजरबन्दमा, मन्त्रीहरु पक्राउ

देशान्तर

काठमाडौं – सुडानको सेनाले प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखको छ । त्यस्तै अन्य केही नेताहरु पक्राउ परेका छन् । सोमबार बिहानै उनीहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

स्रोतलाई उद्धृत गरिएको समाचारमा पक्राउ पर्नेमा उद्योगमन्त्री, सूचनामन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको उल्लेख गरिएको छ । त्यस्तै सुडानको सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र सुडानको राजधानी सहर खार्तोमका गभर्नर पनि पक्राउ परेका छन् ।

केही सञ्चारमाध्यमले भने सरकारका सबैजसो मन्त्री पक्राउ परेको उल्लेख गरेका छन् । सुडानमा गत महिना पनि सैन्य कूको प्रयास भएको थियो । संक्रमणकालीन अवस्थामा रहेको सुडानमा सेना र जनप्रतिनिधिको संयुक्त सरकार थियो । तर, यो सरकारबारे केही विवाद देखिँदै आएको थियो ।

सन् २०२३ को अन्तिममा आम निर्वाचन गरेर जनप्रतिनिधिलाई नै सत्ता सुम्पिने सम्झौताअनुसार संक्रमणकालीन सरकार बनाइएको थियो । अलजाजिराका अनुसार अहिले खार्तोममा सबै सञ्चारका माध्यममा रोक लगाइएको छ । साथै अहिले सहरका प्रमुख सडक बन्छ छन् ।

सुडानको प्रमुख प्रजातान्त्रिक राजनीतिक समूह सुडानी प्रोफेुुसनल एसोसिएसनले यो कदमले सैन्य कू भएको स्पष्ट भएको भन्दै मानिसहरुलाई सडकमा आउन आह्वान गरेको छ ।