देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनमा फेरि फैलियो कोरोना, ११ प्रान्तमा डेल्टा भेरियन्टको असर

देशान्तर

काठमाडौँ — चीनमा पुनस् एक पटक कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । ‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूले जनाएका छन् ।

चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अहिले चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको छ । चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी दिएका छन् । तर सबै मापदण्ड र संयन्त्र परिचालन गरिएमा एक महिनाभित्र संक्रमण नियन्त्रणमा आउने विज्ञहरूको भनाइ छ ।

गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये १०६ जना विभिन्न ठाउँ घुम्नेहरू थिए । ग्लोबल टाइम्सका अनुसार संक्रमण पुष्टि हुनेहरू विभिन्न १३ वटा समूहका छन् । पछिल्लो समय ‘इनर मंगोलिया अटोनोमस रिजन’मा बढी संक्रमण देखिएको छ । अक्टोबर १७ देखि चीनका विभिन्न ठाउँमा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

संक्रमणको मुख्य कारण अन्तरक्षेत्रीय पर्यटन रहेको आयोगले जनाएको छ । चीनका वरिष्ठ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो पटक देखिएको भाइरस र यसअघि चीनमा देखिएको भाइरसमा कमै मात्र समानता देखिएको छ ।