देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरियामा सैनिक बसमा बम विस्फोट, १३ सैनिकको मृत्यु

देशान्तर

दमास्कस -सिरियाको राजधानी दमास्कसमा सैनिक बसमा आत्मघाती बम विस्फोट भएको छ। छुट्टाछुट्टै भएको दुईवटा विस्फोटमा परि १३ सैनिकको मृत्यु भएको छ भने अन्य ३ घाइते भएका छन्।

स्थानीय मिडियाका अनुसार बुधबार बिहान व्यस्त समयमा छुट्टाछुट्टै विस्फोट भएको थियो। हाफेज अफ असद पुलमुनि हुँदै सेनाको गाडि गुडिरहेको बेला एउटा विस्फोट भएको थियो भने अर्को जिसर अल रेइस पुलनजिकै भएको थियो।

तेस्रो बम भने सेनाको इन्जिनियरिङ टोलीले डिस्पोजल गरेको र घटना कसले गराएको भन्नेबारे अनुसन्धान थालिएको बताइएको छ। पछिल्लो समय सिरियामा आइएसआइएल लडाकुद्धारा थुप्रै आक्रमण भइरहेको बताइएको छ।