देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको केरलामा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या २६ पुग्यो

देशान्तर

काठमाडौँ – भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् ।

केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोले जनधनको क्षति गरेको छ । बाढीका कारण स्थानीय सडक बन्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ । सडक, सञ्चार प्रभावित हुँदा शहर र गाउँको सम्पर्क विच्छेद भएको बीबीसी हिन्दीले जनाएको छ ।

राहत तथा उद्धारका काममा सुरक्षाकर्मी खटिएका छन् । सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा झण्डै चार सय जनाको ज्यान गएको थियो भने १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका थिए ।