देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

देशान्तर

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

केही बेरअघि पत्रकार सम्मेलन गरेर आचार्यले असोज २८– ३० मा काठमाडौंमा हुने महाधिवेशनका लागि आफूलाई अध्यक्षका रूपमा अघि सारेका हुन् ।

यसअघिको निर्वाचनमा आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित भएका थिए । अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् । सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए ।

त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

प्रवासीलाई जन्मथलो र गाउँसँग जोड्ने, गैरआवासीय नागरिकताको व्यवस्था, दोहोरो श्रम स्वीकृति, एनआरएनएको लगानीलाई पारदर्शी र मुनाफामूलक बनाउने मुद्दालाई अघि सारेको आचार्यको भनाइ छ ।