देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेलले ल्याएको बजेटमा शर्माले करिब १५ अर्ब घटाए

देशान्तर

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब घटाएका छन् । पौडेलले ठूलो आकारको बजेट ल्याएको भन्दै त्यसबेला टिप्पणी भएको थियो ।

प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका हुन् । यसअघि अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।

अर्थमन्त्री शर्माले आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका हुन् ।