देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत र इङ्ग्ल्यान्डबीचको पाँचौँ टेस्ट कोभिड–१९ का कारण रद्द

देशान्तर

काठमाण्डौ – भारत र इङ्ग्ल्यान्डबीच म्यानचेस्टरमा आज हुने भनिएको पाँचौँ टेस्ट कोभिड–१९ सङ्क्रमणका कारण रद्द भएको छ ।

ओल्ड ट्राफर्ड स्टेडियममा आजदेखि पाँचौँ र अन्तिम टेस्ट हुने तय भएको थियो तर क्याम्पमा कोभिड–१९ सङ्क्रमण फैलिने डरका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)र इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को आपसी सहमतिमा खेल रद्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार गएको बुधवार भारतका फिजियोथेरेपिस्ट योगेश परमार कोरोना सङ्क्रमित भएका थिए ।

पाँच खेलको टेस्ट शृङ्खलामा भारत दुई–एकले अघि थियो ।