देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोकोभिच युएस ओपनको सेमिफाइनलमा

देशान्तर

काठमाडौँ – नोभाक जोकोभिच युएस ओपनको सेमिफाइनलमा पुगेका छन् ।

जोकोभिचले इटालियन खेलाडी माटेओ बेर्रेट्टीनीलाई ५-७, ६– २, ६-२ ६-३ को सेटमा परजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

पहिलो सेटमा ७-५ ले पराजित भएका जोकोभिचले कमब्याक गर्दै लगातार तीन सेट जितेका हुन् ।

अब शिर्ष वरियताका जोकोभिचले सेमिफाइनलमा चौथो वरियताका जर्मनीका अलेक्जेन्डर जेरभसँग खेल्ने छन् ।

जोकोभिचले यो युएस ओपनको उपाधि जितेमा उनी सबै भन्दा बढी सिंगल ग्राण्ड स्लाम जित्ने पहिलो पुरुष खेलाडी हुने छन् ।

हाल जोकोभिचसँगै रोजर फेडरर र राफेल नाडालले २०-२० ग्राण्ड स्लाम उपाधि जितेका छन् ।