देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इपिएलको खेल तालिका सार्वजनिक

देशान्तर

काठमाडौँ – सर्वाधिक पुरस्कार राशि भएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरिएको छ ।

आगामी असोज ९ गतेदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किङ्गस ११ बीच हुने आयोजक इपिएल प्रालिले जनाएको छ । विभिन्न सहरका छ फ्रेन्चाइज टोलीको सहभागितामा हुने उक्त प्रतियोगिताअन्तर्गत असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् ।

त्यही दिन अर्को खेल गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच हुनेछ ।

असोज २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।