देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोनाल्डोले शुरु गरे म्यानचेस्टर युनाइटेडमा प्रशिक्षण

देशान्तर

काठमाडौँ – क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भएका छन् । बेलायतको स्वास्थ्य मापदण्ड अनुसार आफ्नो पाँच दिनको क्वारेन्टाइन पुरा गरेर रोनाल्डो मंगलबारको म्यानचेस्टर युनाइटेडको प्रशिक्षणमा सहभागी भएका हुन् ।

रोनाल्डो प्रशिक्षणमा सहभागी हुनुअघि युनाइटेडका प्रशिक्षक ओले गुन्नार सोल्स्करसँग उनको कार्यालयमा भेट गरेका थिए । रोनाल्डो यस अघि युनाइटेडमा खेल्दा सोल्स्करसँग खेलेका सहकर्मी पनि हुन् ।

रोनाल्डोले आगामी शनिबार हुने युनाइटेडको न्यूक्यासलविरुद्धको खेलमा डेभ्यु गर्ने तयारीमा रहेका छन् । त्यसैका लागि रोनाल्डोले समय खेर नफाली प्रशिक्षण शुरु गरेको बताइएको छ ।