देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला श्रीलंकालाई

देशान्तर

काठमाण्डाै – घरेलु टोली श्रीलंकाले दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ । कोलम्बोमा तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै श्रीलंकाले शृङ्खला २-१ ले जितेको हो ।

श्रीलंकाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३० ओभरमा अलआउट हुँदै १ सय २५ रनमा समेटियो । दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले सर्वाधिक २२ रन जोडे । श्रीलंकाका महेस थिक्सनाले ४ तथा वाविन्दु हसरंगा र दुश्मन्था चामिराले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । श्रीलंकाका चारिथ असालंकाले सर्वाधिक ४७ रन जोडे । दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा जर्ज लिन्डे र ट्राबेज शाम्सीले २/२ विकेट लिए । पहिलो खेलमा श्रीलंका १४ रनले विजयी भएको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले ६७ रनले जितेको थियो ।