देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

११० अंकले बढ्यो नेप्से, सवा ७ अर्बको सेयर कारोबार

देशान्तर

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २स्१० बजेसम्म १ सय १० अंकले बढी सकेको छ ।

आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो । सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका थिए । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।