देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फिफा विश्वकप छनोट : स्पेनको फराकिलो जित

देशान्तर

काठमाडौं – फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा जोसे गयाले १४ औं मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको २५ औं मिनेटमा कार्लोस सोलेरले गोल गर्दा स्पेनको अग्रता दोब्बर बन्यो । ४३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ६३ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई ४-० को जित दिलाए । छनोटको समूह बी मा रहेको स्पेनको यो तेस्रो जित हो ।

स्पेनले ५ खेलमा १० अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा रहेको छ । जर्जिया १ अंक जोडेर पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा कोसोभो र ग्रीसले १-१ गोलको बराबरी खेलेका छन् ।